पूर्वाधार विकास कार्यालय, मकवानपुर बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा पूर्वाधार विकास निर्देशनालय अन्तर्गत मकवानपुर जिल्लाभित्र पूर्वाधार विकासका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले मिति २०८१/०५/११ गते स्थापना भएको प्रमुख प्राविधिक निकाय हो।
यस कार्यालयले प्रदेश सरकारका स्वीकृत नीति, योजना तथा कार्यक्रमअनुसार जिल्लाभित्रका सडक, सडक पुल, कल्भर्ट तथा झोलुंगे पुल लगायतका पूर्वाधारहरूको निर्माण, स्तरोन्नति, मर्मत, पुनःनिर्माण तथा संरक्षण सम्बन्धी आयोजना कार्यान्वयन गर्दै आएको छ।
कार्यालयले आयोजना छनोट तथा कार्यान्वयन, लागत अनुमान तथा ठेक्का व्यवस्थापन, प्राविधिक सुपरिवेक्षण, गुणस्तर नियन्त्रण, अनुगमन तथा प्रगति व्यवस्थापनका साथै स्थानीय तह र सम्बन्धित निकायसँगको समन्वयमार्फत सुरक्षित, गुणस्तरीय, दिगो र नागरिकमैत्री पूर्वाधार विकासमा योगदान पुर्याउँदै आएको छ।